त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा, यात्रुलाई सास्ती (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरीले गोल्डेन गेटमै यात्रुलाई रोकेर चेक जाँच गर्दैछ । प्रेस र अन्य पास भएका दुई पाङ्ग्रे बाहेक अन्य गोल्डेन गेटमै रोकिएको छ । त्यहीँबाट पैदल हिँड्दै विमानस्थलसम्म जानुपर्ने सास्ती हवाई यात्रुलाई आइपरेको छ । साथै, अन्य चार पाङ्ग्रे सवारी साधनमा […]

Mar 9, 2025 - 08:27
 0
त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा, यात्रुलाई सास्ती (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आउने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रहरीले गोल्डेन गेटमै यात्रुलाई रोकेर चेक जाँच गर्दैछ । प्रेस र अन्य पास भएका दुई पाङ्ग्रे बाहेक अन्य गोल्डेन गेटमै रोकिएको छ । त्यहीँबाट पैदल हिँड्दै विमानस्थलसम्म जानुपर्ने सास्ती हवाई यात्रुलाई आइपरेको छ ।

साथै, अन्य चार पाङ्ग्रे सवारी साधनमा पनि चेक जाँच कडा गरिएको छ । टिकटलगायतका कागतपत्र नहुनेलाई प्रवेश निषेध गरिएको प्रहरीले जनाएको छ ।

राप्रपाले आइतबार राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्ति प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधरहरु पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुग्न थालेका छन् ।

हेरौँ, तस्वीर –  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register