वाणिज्य बैङ्कहरूले सात महिनामा कमाए ३६ अर्ब ६ करोड

काठमाडौं । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको ७ महिनामा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् । गत आवको यसै अवधिको तुलनामा वाणिज्य बैङ्कहरूको औसत नाफा १ दशमलव ६२ प्रतिशतले बढेको हो । गत आवको माघ महिनासम्म बैङ्कहरूले ३५ अर्ब ४९ करोड नाफा कमाएका थिए । राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सर्वाधिक […]

Mar 9, 2025 - 12:36
 0
वाणिज्य बैङ्कहरूले सात महिनामा कमाए ३६ अर्ब ६ करोड

काठमाडौं । वाणिज्य बैङ्कहरूले चालु आर्थिक वर्षको ७ महिनामा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।

गत आवको यसै अवधिको तुलनामा वाणिज्य बैङ्कहरूको औसत नाफा १ दशमलव ६२ प्रतिशतले बढेको हो ।

गत आवको माघ महिनासम्म बैङ्कहरूले ३५ अर्ब ४९ करोड नाफा कमाएका थिए । राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैङ्क रहेको छ ।

यो बैङ्कले समीक्षा अवधिमा ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैङ्क रहेको छ । यो बैङ्कले समीक्षा अवधिसम्म ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रो बैङ्कमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क रहेको छ । यो बैङ्कले समीक्षा अवधिसम्म ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी, चालु आर्थिक वर्षको माघसम्म एभरेस्ट बैङ्कले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैङ्कले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबि बैङ्कले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैङ्कले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको माघसम्म स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैङ्कले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैङ्कले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैङ्कले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैङ्कले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यसैगरी, माघसम्म राष्ट्रिय वाणिज्य बैङ्कले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैङ्कले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैङ्कले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैङ्कले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैङ्कले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैङ्कले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैङ्कले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एसिया बैङ्कले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register