कोशी : प्रधानमन्त्रीले ‘घोचपेच नगर्ने’ आश्वासनपछि विपक्षी दल बैठकमा सहभागी हुन तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने विपक्षी दलको चेतावनीपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरुसँग छलफल गरेका छन् । मङ्गलबार बिहान विराटनगरमा विपक्षी दलहरूको तर्फबाट प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन् । मुख्यमन्त्री कार्कीसँगको छलफलपछि प्रदेशसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधनको क्रममा अवरोध नगर्ने […]

Mar 11, 2025 - 07:03
 0
कोशी : प्रधानमन्त्रीले ‘घोचपेच नगर्ने’ आश्वासनपछि विपक्षी दल बैठकमा सहभागी हुन तयार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने विपक्षी दलको चेतावनीपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरुसँग छलफल गरेका छन् ।

मङ्गलबार बिहान विराटनगरमा विपक्षी दलहरूको तर्फबाट प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँग छलफल गरेका छन् ।

मुख्यमन्त्री कार्कीसँगको छलफलपछि प्रदेशसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधनको क्रममा अवरोध नगर्ने सहमति भएको छ । माओवादी नेता आङ्बोकाअनुसार मुख्यमन्त्री कार्कीले केही विषयमा आश्वस्त पारेपछि विपक्षी दलहरू बैठकमा सहभागी हुन सकारात्मक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले “प्रधानमन्त्रीले संस्थागत ढङ्गले बोल्ने, घोचपेच नगर्ने” भन्ने विषयमा आश्वस्त पारेपछि बैठकको लागि सकारात्मक रहेको आङ्बोले बताए । “प्रधानमन्त्री आउने विषयको औपचारिक जानकारी विपक्षी दललाई नदिएकोमा उहाँले आत्मालोचना गर्नु पनि भयो,” आङ्बोले भने ।

उनले विपक्षी दलहरूबीच छलफल गरेर एउटा साझा धारणा बनाएर बैठकमा जाने नेपालभ्युजलाई बताए। “हामी बैठकमा जान सकारात्मक छौँ । अब विपक्षी दलका साथीहरू बसेर साझा धारणा बनाउँछौँ, आङ्बोले भने, “यदि प्रधानमन्त्री बोल्ने क्रममा गालीगलौज उत्रिनु भए नियमापत्ति राख्दै बहिष्कार गर्छौ भनेर भनेका छौँ ।”

कोशीमा प्रधानमन्त्रीको सम्बोधन : विपक्षीको सधैँ लफडा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register