विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना हुँदै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम अयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै नेप्सेमा सो जानकारी गराएको हो । आगामी ४ गतेदेखि १० गतेसम्म (मार्च १७ देखि २३) विविध कार्यक्रम आयोजना गरी ‘ग्लोब मनि विक २०२५’ मनाउने सन्दर्भमा विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्न लागिएको नेप्सेले जनाएको […]

Mar 11, 2025 - 07:00
 0
विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना हुँदै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम अयोजना गर्ने भएको छ । एक सूचना जारी गर्दै नेप्सेमा सो जानकारी गराएको हो ।

आगामी ४ गतेदेखि १० गतेसम्म (मार्च १७ देखि २३) विविध कार्यक्रम आयोजना गरी ‘ग्लोब मनि विक २०२५’ मनाउने सन्दर्भमा विद्यार्थीका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्न लागिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार उक्त ‘भिजिट नेप्से’ कार्यक्रममा कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । सहभागिताका लागि अनलाइन फारम भर्नुपर्ने नेप्सेले जनाएको छ ।

फारम आगामी चैत १ गतेसम्म भर्न सकिनेछ । अनलाइन फारम भर्ने विद्यार्थीहरुलाई प्राथमिकताका आधारमा ‘भिजिट नेप्से’ कार्यक्रममा सहभागी गराइने नेप्सेले जनाएको छ । फारम मार्फत भर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register