पाकिस्तानमा ४५० यात्रु सवार रेल ‘हाइज्याक’

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल हाईज्याक गरेको छ । रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ । […]

Mar 11, 2025 - 11:21
 0
पाकिस्तानमा ४५० यात्रु सवार रेल ‘हाइज्याक’

काठमाडौं । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल हाईज्याक गरेको छ ।

रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला र बालबालिकालाई भने रिहा गरिएको छ ।

पाकिस्तानी पत्रिका द डनले बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दलाई उद्धृत गर्दै यो रिपोर्ट गरेको छ । “क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसमा पेह्रो कुन्री र गदलर बीच भारी गोलीबारी भएको रिपोर्ट आएको छ,” शाहिदले भने ।

यसबीच बीएलएले भनेको छ, “हाम्रा लडाकुहरूले मश्काफ, धादर र बोलनमा यो अपरेशनको योजना बनाएका छन् । रेलवे ट्रयाक उडाइएको छ, जसका कारण जाफर एक्सप्रेस रोकिएको छ । यसपछि हाम्रा लडाकुहरूले यो रेल कब्जा गरे र यात्रुहरूलाई बन्धक बनाए ।”

केही समय अगाडि मात्र बीएलएले पाकिस्तान र चिनविरुद्ध हमलाको चेतावनी दिएको थियो ।

दुई दिन अगाडि मात्र अमेरिकाले पाकिस्तानमा यात्रा नगर्न भन्दै आफ्ना नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको थियो ।

उसले आफ्नो एडभाइजरीमा पाकिस्तानमा आतङ्कवादी र सैन्य हमला हुनसक्ने चेतावनी दिएको थियो । अमेरिकाले बलुचिस्तान क्षेत्रमा यात्रा नगर्न सुझाएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register