झापाको शिवसताक्षीमा ६६ फिट अग्लो बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने

शिवसताक्षी, २९ बैशाख । झापाको शिवसताक्षीमा बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ९ मा बौद्ध छ्योर्तेन व्यवस्थापन समिति गुम्बा निर्माण गर्न लागेको हो । आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त गुम्बाको शिल्यान्यास गरेका छन् । स्थानीय गंगाराम तामाङ्ग परिवारले निशुल्क जग्गा उपलब्ध गराएपछि समिति गुम्बा निर्माणमा जुटेको हो । [...] The post झापाको शिवसताक्षीमा ६६ फिट अग्लो बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने appeared first on Jhapa Online.

May 12, 2025 - 15:48
 0
झापाको शिवसताक्षीमा ६६ फिट अग्लो बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने

शिवसताक्षी, २९ बैशाख । झापाको शिवसताक्षीमा बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने भएको छ । शिवसताक्षीको वडा नं. ९ मा बौद्ध छ्योर्तेन व्यवस्थापन समिति गुम्बा निर्माण गर्न लागेको हो ।

आज शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उक्त गुम्बाको शिल्यान्यास गरेका छन् । स्थानीय गंगाराम तामाङ्ग परिवारले निशुल्क जग्गा उपलब्ध गराएपछि समिति गुम्बा निर्माणमा जुटेको हो । गुम्बा निर्माणका लागि लामा गुरुहरुबाट विशेष पुजा आरधना गरी शिल्यान्यस गरिएको बौद्ध छ्योर्तेन व्यवस्थापन समितिले जनाएको छ ।

बौद्ध गुम्बा काठमाण्डौमा भएको गुम्बाकै मोेडेलमा निर्माण हुने बौद्ध छ्यिोर्तेन व्यवस्थापन समितिका अध्यक्ष गंगाराम तामाङ्गले जानकारी दिए । उनका अनुसार ४ करोड माथिको लगानीमा गुम्बा निर्माण हुन लागेको हो । उनले भने, निर्माण कार्य पुरा हुँदा यति नै खर्च लाग्छ भन्ने छैन । पाँच देखि १० वर्षमा निर्माण कार्य पुरा गर्ने लक्ष्य लिएका छौ । निर्माण कार्य पुरा गर्न समय लाग्ने भएकाले निर्माण सामाग्रीको मूल्य उदाव चडाव हुन सक्ने हुँदा ४ करोड माथिको लागत लाग्ने अनुमान गरेका छौ ।

गुम्बाका लागि हाल साढे सात कठ्ठा क्षेत्रफलको जग्गा रहेको छ। जसमा ४ कठ्ठा जग्गा गंगारामको परिवारमा निमा र तावा तामाङ्गले उपलब्ध गराएका हुन् भने, डेढ कठ्ठा जग्गा आफ्ना आमा बुबा नरबहादुर याङजी तामाङ्ग स्मृतिमा संस्थालाई प्रदान गरेका हुन । गुम्बा निर्माणका लागि २ कठ्ठा १० धुर जग्गा भिमबहादुर तामाङ्गकी श्रीमती स्व.सुकमाया तामाङ्गले प्रदान गरेको छ्योर्तेन व्यवस्थापन समितिले जनाएको छ ।

बौद्ध गुम्बा ६६ फिट अग्लो हुने बताइएको छ । गुम्बा निर्माणका लागि स्थानीय तह, प्रदेश सरकार, संघीय सरकारसँग बजेट माग गर्ने, स्थानीय दाताहरु, देश विदेशमा रहेका सहयोगी नेपालीहरुबाट सहयोग मिल्ने बौद्ध छ्योर्तेन व्यवस्थापन समितिका महासचिव मोहन तामाङ्गले जानकारी दिए । शिल्यान्यासका क्रममा बौद्ध छ्योर्तेन व्यवस्थापन समितिले गुम्बा निर्माणका लागि पहिलो दातालाई सम्मान गरेको छ । समितिले १ लाख १११ हजार प्रदान गर्ने सोएल तामाङ्गलाई सम्मान गरेको हो । उनले आफ्नो पिताको स्मृतिमा गुम्बा निर्माणका लागि रकम प्रदान गरेका थिए ।

The post झापाको शिवसताक्षीमा ६६ फिट अग्लो बौद्ध छ्योर्तेन गुम्बा निर्माण हुने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register