भक्तपुरमा बीच सडकमै पल्टियो गाडी

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बीच सडकमै गाडी पल्टिँदा दुई जना घाइते भएका छन् । बिहीबार बिहान बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बीच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डीएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए । तीव्र गतिमा चलाएको कारण गाडी पल्टिएको उनको भनाइ छ । “तीव्र गतिमा […]

Apr 10, 2025 - 06:51
 0
भक्तपुरमा बीच सडकमै पल्टियो गाडी

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बीच सडकमै गाडी पल्टिँदा दुई जना घाइते भएका छन् ।

बिहीबार बिहान बा३ ख२४४६ नम्बरको मध्य उपत्यका बस सेवा समितिको गाडी बीच सडकमा नै पल्टिँदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डीएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।

तीव्र गतिमा चलाएको कारण गाडी पल्टिएको उनको भनाइ छ । “तीव्र गतिमा गाडी चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ,” उनले भने ।

गाडीमा ९ जना यात्रु सवार थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register