फेवातालबाट ३ जना विदेशी पर्यटकको उद्धार

काठमाडौँ। पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो । बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ । डुंगामा २ जना पुरूष र एकजना महिला […]

May 12, 2025 - 16:58
 0
फेवातालबाट ३ जना विदेशी पर्यटकको उद्धार

काठमाडौँ।

पोखराको फेवातालमा फसेका ३ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ ।सोमबार साँझ फेवातालमा हावाहुरीका कारण एउटा डुंगा (बोट) पल्टिएपछि सशस्त्र प्रहरी बलको टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

बोटिङ गरिरहेको अवस्थामा एक्कासि हावाहुरी आउँदा फेवातालको बीच भागमा उक्त डुंगा पल्टिएको सशस्त्र प्रहरीले जनाएको छ ।

डुंगामा २ जना पुरूष र एकजना महिला गरी ३ जना इजरायली पर्यटक सवार थिए ।

उद्धार गरिएका तीनैजनाको अवस्था भने सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register