अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौं। कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैया बस्ने ३१ वर्षीय बिरू साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध […]

Mar 11, 2025 - 11:32
 0
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौं।

कैलाली, गोदावरी नगरपालिका-२ अत्तरीया बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-७ हरैया बस्ने ३१ वर्षीय बिरू साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१३ कैलालीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ८० मिलिग्राम सहित बाजुरा बुढीगंगा नगरपालिका-१० घर भएका २२ वर्षीय एकेन्द्र साउदलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ मयूरधाप चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय विकास तिमिल्सेना, २६ वर्षीय कैलास लामा र ३२ वर्षीय प्रकाश मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट मयूरधापबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्राम सहित सुन्दरहरैंचा नगरपालिका-११ बस्ने ३५ वर्षीय फिरोज राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरीले को.२८ प ९६४६ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रोल्पा माडी गाउँपालिका-२ घर भएका २६ वर्षीय रेवन घर्ती मगर र रूकुम पूर्व भुमे गाउँपालिका-६ घर भएका २२ वर्षीय बिन्दास रोका मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २९ किलो ६ सय ९५ ग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पूर्व भुमे गाउँपालिका-२ खावाङ घर भएका ४४ वर्षीय फर्क बहादुर घर्ती, ५३ वर्षीय रूपधन घर्ती र ६४ वर्षीय जुन बहादुर पुन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाँके र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध डाइजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने २६ वर्षीय ललित चौधरी र सोही नगरपालिका-१३ बस्ने २५ वर्षीय बिदायक राई रहेका छन् । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले लहानबाट गाईघाटतर्फ आँउदै गरेको प्र.१-०५-००२ प १५२८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी उदयपुर, कटारी नगरपालिका-३ बाट नियन्त्रित लागूऔषध टापेन्टाडोल २ हजार ५ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ४ सय ६० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा धनुषाधाम नगरपालिका-५ घर भएका ३५ वर्षीय शम्भु कुमार साह र महोत्तरी मनरा सिसुवा नगरपालिका-१ घर भएका ४० वर्षीय दिलिप भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले ज.१३ प १६१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ६० ट्याब्लेट र ट्रामाडोल १० ट्याब्लेट सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ लाटिकोइली बस्ने २३ वर्षीय भरत बिक र सोही नगरपालिका-१ बस्ने १९ वर्षीय संजय टमटा रहेका छन् । प्रहरी चौकी सुब्बाकुना र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको क.प्र ०२-००१ ख ०८६६ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापा, भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ मिलिग्राम सहित पाँचथर फिदिम नगरपालिका-४ घर भएका २० वर्षीय पारस राजवंशीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, अर्जुनधारा नगरपालिका-११ नयाँ बस पार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ७० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम सूर्योदय नगरपालिका-५ बस्ने २३ वर्षीय प्रशिष खड्का र झापा अर्जुनधारा नगरपालिका-६ बस्ने ४० वर्षीय सुवास खवास रहेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका-१ गोलधाप बस्ने ३० वर्षीय तोयनाथ वास्कोटा र सोही गाउँपालिका-२ पारागुपी बस्ने २२ वर्षीय निस्चल खत्री रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट भद्रपुरतर्फ आउँदै गरेको स.८ प ९०११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बाँके, बैजनाथ गाउँपालिका-३ नौबस्ताबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्राम र मोबाइल १ थान सहित कोहलपुर नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-५ देउराली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार २ सय ९० ट्याब्लेट,  स्पास्पेन ६ सय २ ट्याब्लेट, मोबाइल ३ थान र नगद २ हजार ६ सय ८० रूपैयाँ सहित ४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर लिम्बु, १९ वर्षीय निकेश लिम्बु, १९ वर्षीया रेजिना खत्री र १९ वर्षीय सूर्य लिम्बु रहेका छन् । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रेम बहादुरको घरबाट उक्त लागूऔषध फेला पारी चारै जनालाई पक्राउ गरेको हो ।  

कपिलवस्तु, शुद्धोधन गाउँपालिका-१ उचिडिहवा बस्ने ७६ वर्षीय किशोर मुराउलाई अवैध लागूऔषध गाँजा १ सय ५० ग्राम सहित सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बगदीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register