फागुनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाको महाधिवेशन धकेलिएको छ । महाधिवेशनको तयारी हुँदै गर्दा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि महाधिवेशन मिति धकेलिएको हो । पार्टीको केन्द्रिय समितिको बैठकले २०८२ फागुन ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय लिएको छ । २०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ […]

Apr 17, 2025 - 13:47
 0
फागुनमा महाधिवेशन गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाको महाधिवेशन धकेलिएको छ ।

महाधिवेशनको तयारी हुँदै गर्दा पार्टी सभापति रवि लामिछाने हिरासतमा पुगेपछि महाधिवेशन मिति धकेलिएको हो ।

पार्टीको केन्द्रिय समितिको बैठकले २०८२ फागुन ७ देखि ९ सम्म चितवनमा महाधिवेशन गर्ने निर्णय लिएको छ ।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन, कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका केन्द्रिय समितिले अनुमोदन गरेको छ ।

गत असोजमा पार्टीको राष्ट्रिय भेलाले २०८२ वैशाख २५, २६ र २७  केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।  २०८२ फागुनमा चितवनमा महाधिवेशन गर्ने निर्णय केन्द्रिय समितिले गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register