रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै  प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले १-० को जित हासिल गरेपछि समग्रमा २-२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस अघि पहिलो लिग रियल […]

Mar 13, 2025 - 02:09
 0
रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौँ ।

रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४-२ गोललेपराजित गर्दै  प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड १६ को दोस्रो लिगमा एटलेटिको म्याड्रिडले १-० को जित हासिल गरेपछि समग्रमा २-२ को नतिजा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । यस अघि पहिलो लिग रियल म्याड्रिडले २-१ गोल अन्तरले जितेको थियो ।

पेनाल्टी सुटआउटमा एटलेटिको म्याड्रिडका जुलियन अल्भारेज, एन्जल कोरिया र मार्कोस लियोरेन्टले पेनाल्टी मिस गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडले अब क्वाटरफाइनलमा प्रिमियर लिग क्लब आर्सनलको सामना गर्ने भएको छ । क्वाटरफाइनलका खेलहरु पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १५ मा हुने छन् । 


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register