यस वर्ष १५ दिन छिटो भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन भित्रिएको छ । बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुन विस्तार भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसकारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था रहेको बताइएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन […]

May 30, 2025 - 11:53
 0
यस वर्ष १५ दिन छिटो भित्रियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन भित्रिएको छ । बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुन विस्तार भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसकारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था रहेको बताइएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मितिभन्दा १५ दिन छिटो प्रवेश गरेको महाशाखाले जनाएको छ ।

नेपालका अन्य भू-भागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्‍ने बताइएको छ । हाल देशको बाँकी भू-भागमा भने पश्चिमी वायू र स्थानीय वायूको प्रभाव यथावत रहेको महाशाखाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register