सुकुटेमा होलीसँगै राफ्टिङ गर्नेको भिड (तस्वीरहरू)

सिन्धुपाल्चोक । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा होली मनाउन उपत्यका लगायतका आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको भिड लागेको छ । उपत्यकाबाट होली मनाउदै राफ्टिङ गर्न अधिकांश आन्तरिक पर्यटक बुधबार (हिजो) साँझ नै सुकुटे आएका छन् । सुकुटे बजार आसपास अहिले करिब १५ वटा ठूला रिसोर्ट र ५ वटा साना होटेल सञ्चालनमा छन् । यहाँ भएका प्रायः सबै […]

Mar 13, 2025 - 09:05
 0
सुकुटेमा होलीसँगै राफ्टिङ गर्नेको भिड (तस्वीरहरू)

सिन्धुपाल्चोक । जिल्लाको पर्यटकीय क्षेत्र सुकुटेमा होली मनाउन उपत्यका लगायतका आसपासका क्षेत्रबाट आन्तरिक पर्यटकको भिड लागेको छ ।

उपत्यकाबाट होली मनाउदै राफ्टिङ गर्न अधिकांश आन्तरिक पर्यटक बुधबार (हिजो) साँझ नै सुकुटे आएका छन् ।

सुकुटे बजार आसपास अहिले करिब १५ वटा ठूला रिसोर्ट र ५ वटा साना होटेल सञ्चालनमा छन् । यहाँ भएका प्रायः सबै रिसोर्ट अनि होटेलको मुख्य उदेश्य नै आन्तरिक एवं बाह्य पर्यटकलाई राफ्टिङ गराउनु हो ।

विश्व राफ्टिङमा उत्कृष्ट ५ गन्तव्यभित्र पर्ने भोटेकोशी नदी काठमाडौं उपत्यकाबासिन्दाको प्रमुख रोजाइमा पर्ने गरेको छ ।

यो बाहेक त्रिशुली नदी पनि उनीहरुको गन्तव्य हो । नेपालमा उपल्लो र तल्लो भोटेकोशी, त्रिशुली, काली गण्डकी, अरुण, तमोर, पश्चिम सेती, मर्स्याङ्दीलगायतका नदी राफ्टिङका लागि विश्वभर प्रसिद्ध छन् ।

सुकुटेमा अवस्थित राफ्टिङ स्टारका सञ्चालक दीपककुमार राईका अनुसार गर्मी लागेसँगै यो क्षेत्रमा सप्ताह अन्तमा करिब १० हजार आन्तरिक पर्यटक राफ्टिङको लागि आउने गर्दछन् ।

तस्वीरहरू-

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register