हमासलाई इजरायलको चेतावनी – यो त सुरुवात मात्र हो

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हमास विरुद्धको पूर्ण शक्तिका साथ पुनः लडाइँ सुरु गरेको बताएका छन् । भिडिओ जारी गर्दै नेतान्याहूले भने, “यो त सुरुवात मात्र हो ।” उनको भनाइ यस्तो समयमा आएको हो, जब इजरायलले गाजामा धेरै ठूला हवाई हमलाहरू गरेको छ । इजरायल रक्षा बलले एक विज्ञप्तिमा भनेको छ, “हमासको […]

Mar 19, 2025 - 05:50
 0
हमासलाई इजरायलको चेतावनी – यो त सुरुवात मात्र हो

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा पट्टीमा हमास विरुद्धको पूर्ण शक्तिका साथ पुनः लडाइँ सुरु गरेको बताएका छन् ।

भिडिओ जारी गर्दै नेतान्याहूले भने, “यो त सुरुवात मात्र हो ।”

उनको भनाइ यस्तो समयमा आएको हो, जब इजरायलले गाजामा धेरै ठूला हवाई हमलाहरू गरेको छ ।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा भनेको छ, “हमासको ‘आतंकवादी लुक्ने ठाउँहरू’ लाई लक्षित गरिरहेका छौं ।”

आफ्नो बयानमा नेतान्याहूले इजरायली बन्धकहरूलाई रिहा गर्न हमाससँग वार्ता गर्ने प्रयास गरेको पनि दाबी गरेका छन् । उनले हमासले हरेक पटक प्रस्ताव अस्वीकार गरेको आरोपसमेत लगाए ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको र सयौं घाइते भएको बताएको छ ।

जनवरी १९ मा युद्धविराम सुरु भएयता गाजामा यो सबैभन्दा ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सहमतिमा पुग्न असफल भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register