राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे युरोपेली कूटनीतिज्ञलाई इरानले गर्‍यो पत्राचार

तेहरान । तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ । संयुक्त राज्य अमेरिकाको एकपक्षीय दृष्टिकोणअनुरूप भएको यो बैठकलाई ‘उत्तेजक र राजनीतिक’ पूर्वाग्रहबाट आएको धारणा भन्दै विज्ञप्तिमा बैठकको ‘कुनै प्राविधिक वा कानूनी औचित्य’ नभएको उल्लेख गरिएको छ । इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको […]

Mar 13, 2025 - 16:20
 0
राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे युरोपेली कूटनीतिज्ञलाई इरानले गर्‍यो पत्राचार

तेहरान । तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ ।

संयुक्त राज्य अमेरिकाको एकपक्षीय दृष्टिकोणअनुरूप भएको यो बैठकलाई ‘उत्तेजक र राजनीतिक’ पूर्वाग्रहबाट आएको धारणा भन्दै विज्ञप्तिमा बैठकको ‘कुनै प्राविधिक वा कानूनी औचित्य’ नभएको उल्लेख गरिएको छ ।

इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको बैठकमा अमेरिकी मिसनले ‘निर्लज्ज व्यवहार’ गरेको आरोप लगाएको थियो ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको पछिल्लो प्रतिवेदनलाई लिएर परिषद्का केही सदस्यराष्ट्रले बैठकका लागि अनुरोध गरेका थिए ।

इरानले  युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ, जुन आणविक बमका लागि आवश्यक ९० प्रतिशत को हाराहारीमा छ ।

इरानको विदेश मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकासँग उनीहरूको संलग्नताको विरोधमा र इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे प्रत्यक्ष सोधपुछका लागि तीनै जना कूटनीतिक प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयमा बोलाइएको थियो।

सन् २०१५ मा इरानले बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकासँग आफ्नो आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौता गरेको थियो।

सन् २०१८ मा ह्वाइट हाउसको आफ्नो पहिलो कार्यकालमा ट्रम्प  इरानसँगको सम्झौताबाट पछि हटेका थिए र पुनः कडा प्रतिबन्ध लगाएका थिए ।

गत जनवरीमा ह्वाइट हाउस फर्केपछि राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गरेका छन् तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो सम्झौता सम्भव नभएको बताएको छ ।

चीनले रुस र इरानसँग यसै साताको अन्त्यमा त्रिपक्षीय आणविक वार्ता गर्ने बुधबार जनाएको थियो । एएफपी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register