पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भइन् । दुवै ब्याटिङ र बलिङमा उत्कृष्ट योगदान पुर्‍याएकी पूजा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी हुन् । सिरिजमा उनले ३ विकेट लिनुको साथै १३४ रन बनाइन् । यससँगै पूजाले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटर पनि प्राप्त गरेकी छिन् । सर्वाधिक रन […]

Feb 7, 2025 - 10:27
 0
पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित भइन् ।

दुवै ब्याटिङ र बलिङमा उत्कृष्ट योगदान पुर्‍याएकी पूजा उत्कृष्ट नेपाली खेलाडी घोषित भएकी हुन् ।

सिरिजमा उनले ३ विकेट लिनुको साथै १३४ रन बनाइन् । यससँगै पूजाले यामाहा रेजेडआर १२५ एफआई हाइब्रिड स्कुटर पनि प्राप्त गरेकी छिन् ।

सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पूजा तेस्रो स्थानमा रहिन् । १६६ रन बनाएकी नन्नापत कोनचारोएनकाई पहिलो भइन् भने १६० रन बनाएकी स्टेरे लॉरियन कालिस दोस्रो सर्वाधिक रन बनाउने खेलाडी रहिन् ।

यस्तै, प्लेयर अफ द सिरिज थाइल्याण्डकी लेफ्ट आर्म स्पिनर थिपाचा पुथावाङले जितिन् । प्रतियोगितामा उनले १६ विकेट लिइन् । उनले २५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

थाइल्याण्डकी ओन्निचा कामचोम्फु प्लेयर अफ द म्याच घोषित भइन् । फाइनलमा थाइल्याण्डलाई जित दिलाउन उनले १५ रन खर्चेर ३ विकेट लिइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register