युगान्डासँग हारेसँगै नेपाल फाइनल होडबाट बाहिर

काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप क्रिकेटमा लगातार पराजय भोगेसँगै नेपाल फाइनलमा पुग्ने होडबाट बाहिरिएको छ । बिहीबार राति सकिएको खेलमा घरेलु टोली युगान्डासँग ४० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनल होडबाट बाहिरिएको हो । युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता […]

Mar 14, 2025 - 04:41
 0
युगान्डासँग हारेसँगै नेपाल फाइनल होडबाट बाहिर

काठमाडौं । युगान्डामा जारी चार देश सम्मिलित वुमन्स डे कप क्रिकेटमा लगातार पराजय भोगेसँगै नेपाल फाइनलमा पुग्ने होडबाट बाहिरिएको छ ।

बिहीबार राति सकिएको खेलमा घरेलु टोली युगान्डासँग ४० रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल फाइनल होडबाट बाहिरिएको हो ।

युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अलआउट भयो । कविता जोशीले सर्वाधिक १२ तथा इन्दु बर्माले ११ रन बनाउँदा पाँचजना खेलाडीले खाता नै खोल्न सकेनन् ।

हालसम्म खेलेका पाँचमध्ये चार खेलमा पराजित भएको नेपालको अब शीर्ष दुईमा परेर फाइनल खेल्ने सम्भावना सकिएको छ । नेपालको पाँच खेलमा अङ्क मात्र छ । युगान्डा, नामिबिया र हङकङको समान ६ अंक छ ।

प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार बेहोरेको थियो । यसअघिको भेटमा युगान्डा नेपालसँग एक विकेटले पराजित भएको थियो ।

साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ । नेपाल अङ्क तालिकाको पुच्छारमा छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register