१ हजारको लोभमा एक महिलाले गुमाइन ५१ लाख भारू
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली नजिकैको ग्रेटर नोएडामा अमेजन कम्पनीको गिफ्ट भौचरको लोभमा एक महिलाले ५१ लाख भारतीय रुपैयाँ गुमाएकी छिन् । मीनू रानी नामकी महिलालाई पहिलो पटक ठगहरूको एउटा समूहले ह्वाट्सएप ग्रुपमा जोडेको थियो । त्यसपछि उक्त समूहले भौचर पठाएर लोभ्याउन सुरु गरेको बीबीसी हिन्दीले जनाएको छ । ठगहरूको प्रलोभनको पर्दै जाँदा महिलाले ५१ लाख भारु गुमाएपछि गएको ३ मार्चमा प्रहरीको साइबर अपराध एकाईमा उजुरी दिएकी थिइन् । समाचार एजेन्सी पीटीआईका अनुसार, यो ठगी निकै बौद्धिक र लामो प्रक्रियाबाट भएको थियो...

What's Your Reaction?






