काङ्ग्रेस सहमहामन्त्री पाण्डेलाई कारबाहीको माग, अनुशासन समितिमा उजुरी
काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् । पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई […]

काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेलाई कारबाहीका लागि पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेलाई कारबाहीका लागि काङ्ग्रेस सांसद राजेन्द्र बजगाईंले उजुरी दिएका हुन् ।
पदको दुरुपयोग गर्दै योजनाबद्ध रूपमा मन्त्री पाण्डेले आफ्नाविरुद्ध सामाजिक सञ्जालमार्फत अभियान सञ्चालन गरेको बजगाईंको आरोप छ । मन्त्री पाण्डेले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष कमजोर पार्ने निर्णय लिँदै आएकाले पनि उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको दाबी छ ।
पाण्डले अदालती फैसलालाई चुनौती दिनेगरी कानुनी शासनमा प्रहार गरेको भन्दै उनले कारबाहीको माग गरेका हुन् । “योजनाबद्ध ढङ्गले उनले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लङ्घन गर्दै जथाभावी क्यासिनो इजाजतपत्र वितरण गरेका छन् र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन् । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ,” बजगाईंको मागमा लेखिकएको छ, “मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्।”
उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने पाण्डेले आलोचनात्मक आवाजलाई थुन्ने र आफ्नै नियन्त्रण मजबुत बनाउने काम गरेको बजगाईंको आरोप छ ।
केन्द्रीय अनुशासन आयोगमा दिएको उजुरीमा बजगाईंले भनेका छन्, “म नेपाली काङ्ग्रेसको निष्ठावान सदस्यको नाताले आफ्नो पार्टीभित्र वैधानिक प्रश्न उठाउने अधिकार राख्दछु । पार्टीको नीति, सिद्धान्त, संविधान र नेपाली लोकतान्त्रिक मूल्यहरू विपरीत हुने अभिव्यक्तिहरूप्रति ध्यानाकर्षण गराउँदै, काङ्ग्रेसका पदाधिकारी नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेद्वारा हालसालै सार्वजनिक रूपले व्यक्त गरिएको विचारप्रति गम्भीर आपत्ति जनाउँदै अनुशासनात्मक कारबाहीको माग गर्दछु ।”
पार्टी नीति र विचारविरुद्ध मन्त्री पाण्डेबाट निरन्तर अभिव्यक्ति आइरहेकाले उनीमाथि कारबाही हुनुपर्ने सांसद बजगाईंको माग छ ।
What's Your Reaction?






