अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने व्यक्ति पक्राउ

काठमाडौं। गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले […]

Mar 14, 2025 - 11:13
 0
अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने व्यक्ति पक्राउ

काठमाडौं।

गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२० घर भई सोही महानगरपालिका-३० लालपर्सा बस्ने १९ वर्षीय धिरज पटेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगंज महानगरपालिका-१६ र ३० स्थित घरबाट अवैध कल बाईपसमा प्रयोग भएको उपकरणहरू सहित उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट VOIP GATEWAY ३२ पोर्टको २ थान, १८ पोर्टको १ थान, सिम कार्ड १४ थान, राउटर ४ थान, ल्यापट २ थान, ब्याट्री २ थान, इन्भर्टर २ थान, कनेक्टर १ थान, मोबाइल १ थान र पेनड्राइभ १ थान समेत बरामद गरेको छ ।
उनी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register