प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्री पौडेलले तीनवटा विधेयक पेस गर्ने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटा विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव […]

Mar 16, 2025 - 02:17
 0
प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्री पौडेलले तीनवटा विधेयक पेस गर्ने कार्यसूची

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दैछ ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटा विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन् ।

यसैगरी उनले आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register