पूर्व विशिष्टलाई दिँदै आएको सुविधा कटौती गर्न संसदमा माग

काठमाडौं । पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन लागेको भन्दै संसदमा विरोध भएको छ । संसद्मा सत्तारूढ र प्रतिपक्षी दल दुबैले पूर्व विशिष्टलाई आजीवन सुविधा दिन नहुने भन्दै विरोध जनाएका हुन् । नेपाली काङ्ग्रेसका सांसद रामकृष्ण यादवले पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिन नहुने भन्दै कानुन निर्माणबारे सरकारको जवाफ माग गरेका हुन् । […]

Mar 16, 2025 - 05:44
 0
पूर्व विशिष्टलाई दिँदै आएको सुविधा कटौती गर्न संसदमा माग

काठमाडौं । पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिनेगरी कानुन बनाउन लागेको भन्दै संसदमा विरोध भएको छ । संसद्मा सत्तारूढ र प्रतिपक्षी दल दुबैले पूर्व विशिष्टलाई आजीवन सुविधा दिन नहुने भन्दै विरोध जनाएका हुन् ।

नेपाली काङ्ग्रेसका सांसद रामकृष्ण यादवले पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिन नहुने भन्दै कानुन निर्माणबारे सरकारको जवाफ माग गरेका हुन् । ‘मुलुक आर्थिक दृष्टीकोणले कमजोर रूपमा छ । यस्तो अवस्थामा पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधान दिने कानुनको मस्यौदा बनाउन खोजिएको कुरा गलत छ । पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने कुरा जायज छैन,’ उनले भने ।

यस्तै, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले पूर्व विशिष्ट पदाधिकारीलाई सेवा सुविधा दिनेमा भन्दा सरकार गरिब जनतालाई राहत दिनुपर्नेतर्फ अघि बढ्नुपर्ने बताए । ‘पूर्व विशष्टलाई सेवा सुविधा दिने कुरा महँगी नियन्त्रण र गरिबलाई राहतमा दिनुपर्नेमा जनताप्रतिको उत्तरदायित्व भुलेर सरकार विशिष्ट व्यक्तिलाई सेवा सुविधाको निर्णय गर्देछ,’ उनले भने ।

प्रतिपक्षी दल एकीकृत समाजवादीले पूर्व विशिष्टलाई आजीवन सुविधा दिने विधेयक फिर्ता गर्न माग गरेको छ । राजनीतिलाई जागिर बनाउन नहुने एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले विधेयक फिर्ताको मागर गरेका हुन् । ‘पूर्व विशिष्टलाई सुविधा दिने काम अन्त्य गर्नुपर्छ ।मन्त्रिपरिषद्बाट निर्णय गराउँदै जथाभावी सुविधा दिने काम पनि गलत छ वर्तमान पदाधिकारीहरूको पनि सुविधा घटाउनेतर्फ लागौँ,’ उनले भने ।

मुलुकको आर्थिक अवस्था हाल कमजोर रहेको समयमा पूर्व विशिष्टहरूलाई दिँदै आएको सेवा सुविधा घटाउनुपर्ने सांसदहरूको भनाइ छ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register