आफ्नो फोटो जलाउनेलाई पक्राउ गरिएकोमा प्रचण्डको आपत्ति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउने युवकलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेखेर यो पक्राउलाई अनुचित भनेका हुन् । प्रचण्डको फेसबुक पेजमा लेखिएको छ, ‘लोकतन्त्रमा बिरोधका विभिन्न रूप हुन्छन् । फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’ शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा फोटो जलाउने राप्रपाको भ्रातृसङ्गठन राष्ट्रिय […]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउने युवकलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।
उनले फेसबुकमा स्टाटस लेखेर यो पक्राउलाई अनुचित भनेका हुन् । प्रचण्डको फेसबुक पेजमा लेखिएको छ, ‘लोकतन्त्रमा बिरोधका विभिन्न रूप हुन्छन् । फोटो जलउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’
शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा फोटो जलाउने राप्रपाको भ्रातृसङ्गठन राष्ट्रिय युवा सङ्गठनका निराजन बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।
सिन्धुपाल्चोकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डले असभ्य आरोप लगाएको भन्दै उनले मकवानपुरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए ।
What's Your Reaction?






