परेश रावलले ब्याजसहित फिर्ता गरे ‘हेरा फेरी ३’को साइनिङ रकम

काठमाडौं । अहिले बलिउड फिल्म ‘हेरा फेरी ३’ चर्चामा छ । यो फिल्म अभिनेता अक्षय कुमारले निर्माण गर्दैछन् । अभिनेता परेश रावलले उक्त फिल्म छोडेको खबर आएको छ र अक्षय कुमारले उनलाई यस सम्बन्धमा कानुनी सूचना पठाएका छन् । अब यो कुरा बाहिर आएको छ कि परेशले सुटिङको लागि अग्रिम रूपमा दिइएको ११ लाख भारु […]

May 24, 2025 - 10:53
 0
परेश रावलले ब्याजसहित फिर्ता गरे ‘हेरा फेरी ३’को साइनिङ रकम

काठमाडौं । अहिले बलिउड फिल्म ‘हेरा फेरी ३’ चर्चामा छ । यो फिल्म अभिनेता अक्षय कुमारले निर्माण गर्दैछन् ।

अभिनेता परेश रावलले उक्त फिल्म छोडेको खबर आएको छ र अक्षय कुमारले उनलाई यस सम्बन्धमा कानुनी सूचना पठाएका छन् ।

अब यो कुरा बाहिर आएको छ कि परेशले सुटिङको लागि अग्रिम रूपमा दिइएको ११ लाख भारु फिर्ता गरिसकेका छन् । यति मात्र होइन, उनले रकमसँगै १५ प्रतिशत ब्याज पनि दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड हंगामाको रिपोर्टअनुसार रावलले ‘हेरा फेरी ३’ बाट अलग भएपछि साइनिङ रकम फिर्ता गरेका छन् ।

एक स्रोतले बलिउड हंगामालाई भन्यो, “परेश रावलले १५ प्रतिशत वार्षिक ब्याजसहित ११ लाख रुपैयाँको साइनिङ रकम फिर्ता गरेका छन् । फिल्मबाट पछि हटेका कारण उनले केही थप पैसा पनि दिएका छन् ।”

टर्मसिटअनुसार रावललाई साइनिङ रकमको रूपमा ११ लाख रुपैयाँ दिइएको थियो । उनको कुल शुल्क १५ करोड रुपैयाँ तोकिएको थियो । टर्मसिटमा यो पनि लेखिएको छ फिल्म रिलिज भएको एक महिनापछि मात्र परेश रावलले बाँकी १४.८९ करोड रुपैयाँ पाउनेछन् ।

यसका साथै स्रोतले यो पनि बताएको छ कि फिल्मको मुख्य छायांकन अर्को वर्ष सुरु हुने अपेक्षा गरिएको छ । यसको अर्थ ‘हेरा फेरी ३’ को रिलिज २०२६ को अन्त्य वा २०२७ सम्म स्थगित हुन सक्छ ।

अक्षय कुमारले हाले परेश रावलविरुद्ध मुद्दा, २५ करोड माग

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register