यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ । विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका पनि रहेको उल्लेख छ । अमेरिकाले शनिबार हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको […]

Mar 17, 2025 - 05:05
 0
यमनका हुथी विद्रोहीमाथि अमेरिकी हवाई आक्रमण : मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

काठमाडौं । यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५३ पुगेको छ ।

विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिका पनि रहेको उल्लेख छ ।

अमेरिकाले शनिबार हुथी विद्रोहीहरूविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई प्रतिक्रियास्वरुप उनीहरूविरुद्ध कारबाही अगाडि बढाएको बताएका थिए ।

आक्रमणमा मारिएकाहरूमा हुथी विद्रोहीका उच्च पदस्थ नेताहरूसमेत रहेको अमेरिकाको दाबी छ । यद्यपि, हुथी विद्रोहीहरूले भने हालसम्म यसको पुष्टि नगरेकाे बीबीसीकाे समाचारमा जनाइएकाे छ ।

यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले यमनमा अमेरिकी आक्रमण जारी रहँदासम्म आफूहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहने बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा हुथी विद्रोहीहरू विरुद्धको आक्रमणको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
जहाँ उनले लेखेका थिए, ‘इरानबाट आर्थिक सहयोग प्राप्त गर्ने हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीलाई निशाना बनाएका छन् ।’

ट्रम्पले हुथी विद्रोहीको आतङ्कले अर्बौं डलरको क्षति भएको बताएका छन् । ‘हुथी विद्रोहीहरूको डकैती, हिङ्सा र आतङ्कले अर्बौं डलरको क्षति पुर्याएको छ र मानिसहरूको जीवनलाई जोखिममा पारेको छ,’ उनले थपेका छन् ।

सम्बन्धित समाचार :

ट्रम्पको आदेशलगत्तै हुथी विद्रोहीमाथि भीषण आक्रमण, मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register