ग्लोबल मनी वीकको अवसरमा प्रभु बैंकद्वारा र्‍याली आयोजना

काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले वित्तीय जनचेतनामूलक र्‍याली आयोजना गरेको छ । बैंकको बुर्तिबाङ शाखाले ग्लोबल मनी वीक २०२५ को अवसरमा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा सोमबार र्‍यालीको आयोजना गरेको हो । ‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।’  भन्ने मूल नाराका […]

Mar 17, 2025 - 10:20
 0
ग्लोबल मनी वीकको अवसरमा प्रभु बैंकद्वारा र्‍याली आयोजना

काठमाडौँ ।  प्रभु बैंक लिमिटेडले वित्तीय जनचेतनामूलक र्‍याली आयोजना गरेको छ । बैंकको बुर्तिबाङ शाखाले ग्लोबल मनी वीक २०२५ को अवसरमा बागलुङ्ग जिल्लाको पश्चिम भेग बुर्तिबाङमा सोमबार र्‍यालीको आयोजना गरेको हो ।

‘अनुसरण गर्नु अघि सोचौं, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौं । अरुका कुरा सुनौं तर आधिकारिक कुरा सुनि निर्णय गरौं।’  भन्ने मूल नाराका साथ आयोजित र्‍यालीले बुर्तिबाङ बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

र्‍यालीमा सहभागीहरुले वित्तीय साक्षरता सम्बन्धी नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।

कार्यक्रममा बोल्दै प्रभु बैंक बुर्तिबाङ शाखाका प्रमुख ज्ञान बहादुर क्षेत्रीले ग्लोबल मनी वीकको महत्व र वित्तीय साक्षरताको आवश्यकता बारे प्रकाश पारेका थिए । उनले बालबालिका, वृद्ध तथा युवापुस्तालाई बचत, लगानी र वित्तीय योजनाको महत्व बुझाउन यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यस र्‍यालीको मुख्य उद्देश्य युवा पुस्तालाई सानैदेखि बचत गर्ने बानीको विकास गराउनु, वित्तीय योजनाको महत्व बुझाउनु र वित्तीय साक्षरताको प्रवर्द्धन गर्नु भएको बैंकले जानाएको छ । बैंकले आगामी दिनहरुमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरु आयोजना गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register