प्रहरीमा जागिर लगाइदिने भन्दै रकम ठग्ने महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा ३२ वर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नं. ५ का २१ वर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा […]

Mar 18, 2025 - 07:47
 0
प्रहरीमा जागिर लगाइदिने भन्दै रकम ठग्ने महिला पक्राउ

काठमाडौँ । नेपाल प्रहरीमा जागिर लगाइदिने भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सर्लाही प्रहरीले प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा ३२ वर्षीया लक्ष्मी कुमारी महतोलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटमा हरिपूर्वा नगरपालिका वडा नं. ५ का २१ वर्षीय शिवमकुमार यादवसँग नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनेर लालबन्दी नगरपालिका वडा नं १७ बस्ने महतोले ठगी गरेको उल्लेख छ ।

महतोले पटक पटक गरेर दुई लाख ७५ हजार रकम लिएर ठगी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

उनका अनुसार ठगीमा परेका पीडित शिवमका दाइ सिपिन्द्र प्रसाद यादवले ठगी तथा आपराधिक विश्वासघात शिर्षकमा दिएको जाहेरीका आधारमा गत आइतबार लक्ष्मीकुमारी महतोलाई पक्राउ गरिएको हो ।

सर्लाही जिल्ला अदलातबाट पाँच दिनको म्याद थप गराएर हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register