झापाका ३ वटा जंगलमा डढेलो

रोहित काफ्लेभद्रपुर, ५ चैत । झापाका तीनवटा जंगलमा डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण डढेलोले ठूलो क्षेत्रफलको वनमा क्षति पुगेको छ। हिजो अपरान्ह भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० विगाहा वन क्षेत्र क्षति भएको छ। प्रहरी र भद्रपुर तथा विर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। त्यस्तै, दमक–१० स्थित रमा [...] The post झापाका ३ वटा जंगलमा डढेलो appeared first on Jhapa Online.

Mar 18, 2025 - 09:30
 0
झापाका ३ वटा जंगलमा डढेलो

रोहित काफ्ले
भद्रपुर, ५ चैत ।
झापाका तीनवटा जंगलमा डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण डढेलोले ठूलो क्षेत्रफलको वनमा क्षति पुगेको छ।

हिजो अपरान्ह भद्रपुर–४ स्थित मायालु सामुदायिक वनमा लागेको डढेलोबाट करिब ५० विगाहा वन क्षेत्र क्षति भएको छ। प्रहरी र भद्रपुर तथा विर्तामोड नगरपालिकाका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

त्यस्तै, दमक–१० स्थित रमा सामुदायिक वनमा पनि डढेलो लागेको छ। तीव्र गतिको हावाहुरीका कारण आगो फैलिँदै गई नजिकै रहेको घोपबहादुर धिमालको कटेरोसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

अर्को, बुद्धशान्ति गाउँपालिका–६ स्थित ज्यामिरे सामुदायिक वनमा पनि आगलागी भएको प्रहरीले जानकारी दिएको छ। डढेलोबाट करिब २५ हेक्टर वनमा क्षति पुगेको वन समितिका अध्यक्ष खेमराज कुइँकेलले बताउनुभयो।

The post झापाका ३ वटा जंगलमा डढेलो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register