जंगली चितुवाले स्थानीयबासी त्रसित, खोरमै मारिए खसीबाख्रा

झापा, ५ चैत । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् । दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र खसी घिसारेर मार्ने गरेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हालसम्म आधा दर्जन खसीबाख्रा मारिसकेको जनाउँदै वडाध्यक्ष कार्कीले स्थानीय [...] The post जंगली चितुवाले स्थानीयबासी त्रसित, खोरमै मारिए खसीबाख्रा appeared first on Jhapa Online.

Mar 18, 2025 - 09:27
 0
जंगली चितुवाले स्थानीयबासी त्रसित, खोरमै मारिए खसीबाख्रा

झापा, ५ चैत । हात्ती प्रभावित मेचीनगर नगरपालिका वडा नं ४ बाहुनडाँगीमा एक सातायता देखा परेको जंगली चितुवाले स्थानीयबासी त्रसित भएका छन् ।

दिनभरि चिया बगान र घाँसे पैनीमा लुकेर बस्ने चितुवाले राति स्थानीयको खोरबाट बाख्रा र खसी घिसारेर मार्ने गरेको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।

हालसम्म आधा दर्जन खसीबाख्रा मारिसकेको जनाउँदै वडाध्यक्ष कार्कीले स्थानीय चिया बगानमा कार्यरत श्रमिक र विहान बेलुका बाटो हिँड्ने व्यक्तिहरु चितुवाको सम्भावित आक्रमणले त्रसित रहेको बताउनुभयो ।

“अहिलेसम्म खसीबाख्रा मात्रै मारिरहेको छ,” उहाँले भन्नुभयो– “चितुवाले कुनै पनि बेला बाटो हिँड्ने र बगानमा काम गर्ने मानिसलाई आक्रमण नगर्ला भन्न सकिने अवस्था छैन ।”

स्थानीय प्रशान्त पाण्डेले मध्यरातमा खोरमा पसेर चितुवाले बयस्क खसीबाख्रा मारेको गुनासो सुनाउँदै तत्काल नियन्त्रणमा लिन माग गर्नुभयो ।

बाहुनडाँगी क्षेत्रमा वर्षौदेखि जंगली हात्तीबाट प्रभावित रहँदै आएकोमा पछिल्लो समय चितुवाको त्रास र बाँदरको उपद्रो थपिएको गणेशकुमार खड्काले बताउनुभयो । खड्काको एउटा बाख्रा चितुवाले मारेको छ ।

वडाध्यक्ष कार्कीले मानवीय क्षतिको समेत त्रास बढेकाले चितुवालाई नियन्त्रणमा लिन प्रयास भइरहेको बताउनुभयो । मेचीनगरका नगर प्रहरीले कनकाईस्थित जामनुखाडी सामुदायिक बनबाट फलामे खोर ल्याइसकेको र चितुवालाई थुन्न खोर थापिएको उहाँले जानकारी दिनुभयो ।

सात वर्ष अघि पनि यही क्षेत्रमा चितुवा देखा परेको थियो । त्यसबेला खोरमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको वडाध्यक्ष कार्कीेले बताउनुभयो । बाहुनडाँगी नजिकै सीमावर्ती भारतीय क्षेत्रमा बन्यजन्तु आरक्षण केन्द्र भएको हुँदा त्यहाँबाट कहिलेकाहिँ जंगली जनावर डुल्दै आइपुग्ने गर्छन् । बिगतमा निगाले बाघ र गौरी गाई समेत बाहुनडाँगीमा फेला परेका थिए ।

स्थानीय वडा कार्यालयले जंगली हात्तीबाट सुरक्षा गर्न परिचालित युवाहरुको दस्ता रेपिड रेस्पोन्स टिम ९आरआरटी०लाई चितुवाको गस्ती गर्न रातभर खटाउन थालेको छ ।

The post जंगली चितुवाले स्थानीयबासी त्रसित, खोरमै मारिए खसीबाख्रा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register