इजरायलले गर्‍याे युद्धविराम शुरु, भएयताकै ठूलो हवाई आक्रमण

–चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु–हमासका वरिष्ठ सुरक्षा अधिकारीसहित ४ को मृत्यु–राष्ट्रसंघ स्तब्ध काठमाडौं । इजरायली लडाकु विमानहरूले मंगलवार बिहानै गाजाका विभिन्न भागमा हवाई आक्रमण गरेका छन् । ४ सय ४ भन्दा बढी प्यालेस्टिनीहरूले ज्यान गुमाएको यो आक्रमण युद्धरत् इजरायल र हमास समूहबीच गत जनवरी १९ मा युद्धविराम शुरु भएयताको सबैभन्दा ठूलो हवाई आक्रमण हो । […]

Mar 19, 2025 - 01:13
 0
इजरायलले गर्‍याे युद्धविराम शुरु, भएयताकै ठूलो हवाई आक्रमण

–चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु
–हमासका वरिष्ठ सुरक्षा अधिकारीसहित ४ को मृत्यु
–राष्ट्रसंघ स्तब्ध

काठमाडौं ।
इजरायली लडाकु विमानहरूले मंगलवार बिहानै गाजाका विभिन्न भागमा हवाई आक्रमण गरेका छन् । ४ सय ४ भन्दा बढी प्यालेस्टिनीहरूले ज्यान गुमाएको यो आक्रमण युद्धरत् इजरायल र हमास समूहबीच गत जनवरी १९ मा युद्धविराम शुरु भएयताको सबैभन्दा ठूलो हवाई आक्रमण हो ।

उक्त आक्रमणमा पनि हमासका वरिष्ठ सुरक्षा अधिकारी मोहम्मद अबु वफासहित ४ जनाको मृत्यु भएको हमासले पुष्टि गरेको छ । गाजामा हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणबाट ढलेका भवनहरूको भग्नावशेषमा पुरिएकाहरूको संख्या यकिन भई नसकेकोले यो आक्रमणमा मृत्यु हुनेहरूको संख्या अझै धेरै बढ्न सक्नेछ । त्यसै गरी आक्रमणमा परीे ५ सय ६५ भन्दा बढी घाइते भएको बताइएको छ ।

मुस्लिमहरूको पवित्र महिना रमजानको समयमा बिहान सूर्योदय हुनुअघि नै मानिसहरूले खाना खाइरहेको समयमा गाजामा विस्फोटन शुरू भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । उनीहरूका अनुसार २० भन्दा बढी लडाकु विमानहरूले गाजा सहर, रफाह र खान युनिसका विभिन्न स्थानमा आक्रमण गरेका थिए ।

जनवरी १९ मा शुरू भएको युद्धविरामलाई लम्ब्याउन भइरहेको वार्ता सहमतिमा पुग्न विफल भएको भन्दै इजरायलले आक्रमण गरेको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरेल कात्सले मंगलवार बिहानै आक्रमणको आदेश दिएको इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आक्रमणको आदेश दिनुअघि इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग छलफल गरेको बताइएको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हमासले हाम्रा बन्धक रिहा गर्न बारम्बार अस्वीकार गर्नुका साथै अमेरिकी राष्ट्रपतिका दूत स्टीभ विट्कफ र मध्यस्थकर्ताका सबै प्रस्तावहरू अस्वीकृत गरेपछि आक्रमण गरिएको हो । अब इजरायलले थप सैन्य शक्तिसहित हमासविरुद्ध कदम चाल्ने छ ।’ यसअघि नै हमासलाई दबाब दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरिसकेको छ ।

यसैबीच हमासले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी गाजामा भएको आक्रमणका लागि अमेरिकालाई जिम्मेवार ठह¥याउँदै गाजामा तनाव मत्थर पार्न आफू लागिपरेको भन्ने अमेरिकी दाबी झुठो सावित भएको टिप्पणी गरेको छ । विज्ञप्तिमा ‘गाजामा भएको कब्जा र त्यसका समर्थकहरूलाई मानवतामाथि भएका यी अपराध’का लागि उत्तरदायी बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह पनि गरिएको छ । साथै हमासले यो आक्रमणले आफूसँग भएको इजरायली बन्धकको भविष्य अन्यौल बनाएको धम्की पनि दिएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले गाजामा धेरै मानिसको ज्यान जानेगरी भएको इजरायली हवाई आक्रमणबाट आफू स्तब्ध भएको बताउनुभएको छ । राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा महासचिव गुटेरसल दुवै पक्षलाई युद्धविरामको सम्मान गर्न अपिल गर्दै गाजामा मानवीय सहायता अवरुद्ध हुन नदिन र बाँकी रहेका बन्धकहरूलाई निःशर्त रिहा गर्न आह्वान गर्नुभएको छ ।

इजरायल र हमासबीच युद्धविराम लम्ब्याउन मध्यस्थकर्ताको रूपमा प्रयास गरिरहेको कतारका साथै साउदी अरेबियाले पनि इजरायलको आक्रमणको भत्र्सना गरेको छ । साउदी अरेबियाले नागरिक क्षेत्रमा भएको इजरायलली आक्रमणले अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गरेको आरोप लगाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register