उदयपुरमा आगलागी हुँदा ३ घर जले, १ करोड २५ लाख बराबरको क्षति

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा मङ्गलबार अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिनको ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरु भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर […]

Mar 19, 2025 - 01:14
 0
उदयपुरमा आगलागी हुँदा ३ घर जले, १ करोड २५ लाख बराबरको क्षति

गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–७ बेल्टारस्थित कल्याण चोकमा मङ्गलबार अपराह्न आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ भने एक करोड २५ लाख बराबरको क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार दिनको ३ बजे स्थानीय शरण राईको घरमा विद्युत् सट भई आगलागी सुरु भएको हो । राईको घरको आगो छिमेकी सवर्धन राईको घर र अर्का कालुमान राईको घरमा सल्केपछि आगलागी हुँदा तीन घर जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

आगलागीका कारण दुई घर भित्रका सम्पूर्ण सामग्रीहरू जलेर नष्ट भएको अर्का एकघरको सामान भने केही निकाल्न सफल भएको प्रहरीले बताएको छ । आगलागी सुरु हुनासाथ चौदण्डीगढी नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि पर्याप्त नभएपछि छिमेकी रौतामाई गाउँपालिका र छिमेकी सप्तरीको कञ्चनपुर नगरपालिकाकोसमेत दमकल झिकाएपछि तीन दमकलको सहयोग, सशस्त्र प्रहरी, इलाका प्रहरी बेल्टार र स्थानीयवासीले आगो नियन्त्रणको भूमिका खेलेको प्रहरीले जनाएको छ ।

करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएका कारण अन्य छिमेकी घरहरू र टोलहरू सुरक्षित रहन पुगेको पनि इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख बविन राईले बताए । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register