युवा साहित्यिक सम्मेलन गर्दै युवा सङ्घ

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले युवामा सकारात्मक सोचको विकास गर्न ‘युवा साहित्यिक सम्मेलन’को आयोजना गरेको छ । अहिले युवाहरुमा बढ्दै गएको नकारात्मक सोचलाई साहित्यमार्फत सकारात्मक बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको सङ्घका उपाध्यक्ष प्रकाश गौतमले जानकारी दिए । ‘बौद्धिक र सकारात्मक सोचका युवा : युग परिवर्तनका खम्बा’ मुल नाराका साथ युवा साहित्यिक सम्मेलन यही […]

Mar 19, 2025 - 08:44
 0
युवा साहित्यिक सम्मेलन गर्दै युवा सङ्घ

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले युवामा सकारात्मक सोचको विकास गर्न ‘युवा साहित्यिक सम्मेलन’को आयोजना गरेको छ ।

अहिले युवाहरुमा बढ्दै गएको नकारात्मक सोचलाई साहित्यमार्फत सकारात्मक बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको सङ्घका उपाध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

‘बौद्धिक र सकारात्मक सोचका युवा : युग परिवर्तनका खम्बा’ मुल नाराका साथ युवा साहित्यिक सम्मेलन यही २० गते काठमाडौंमा हुनेछ ।

वक्तृत्वकला प्रतियोगिताका लागि पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई ३० हजार रुपैयाँ, निबन्ध प्रतियोगितामा प्रथम हजार, दोस्रो ३० हजार र तेस्रो हुनेलाई २० हजार रुपैयाँ तोकिएको छ ।

कविता प्रतियोगिताका लागि प्रथम ५० हजार, द्वितीय ३० हजार र तृतीय २० हजार तथा गजल प्रतियोगितामा प्रथमलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार र तृतीयलाई २० हजार पुरस्कार तोकिएको छ ।

पहिलो चरणमामा सहभागी भएर छनोट गरिएका प्रतियोगीलाई सङ्घले तालिम दिएर दोस्रो चरणमा सहभागी गराइनेछ ।

सम्मेलनमा युवाहरुले मुलुकका लागि सकारात्मक सन्देश जाने खालका कविता, गजल, निवन्ध, वकृत्वकला वाचन गर्ने बताइएको छ । उत्कृष्ट हुनेलाई पुरस्कारसमेत व्यवस्था गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register