सेनाको वक्तव्य : संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध

काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ । राजावादी गतिविधि बढिरहँदा सङ्गठनलाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो । बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ ।’ आफूसँग जोडेर […]

Mar 19, 2025 - 11:41
 0
 सेनाको वक्तव्य : संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध

काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध रहेको बताएको छ ।

राजावादी गतिविधि बढिरहँदा सङ्गठनलाई विवादमा तान्ने प्रयास भएपछि सेनाले यस्तो वक्तव्य जारी गरेको हो ।

बुधबार सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव कटिबद्ध छ ।’

आफूसँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सत्यता नभएको बताएको छ । राजावादीहरूले राजसंस्था जोगाउन सेना चुकेको बताइरहेका छन् भने कतिपयले राजसंस्था फिर्ता गराउन सेनाले समेत साथ दिने अभिव्यक्ति दिइरहेका छन् । यस्तो अवस्थामा सेनाले संविधानप्रति कटिबद्ध रहेको बताएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register