हिमाली क्षेत्रमा हिमपात र पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना  

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भागमा भने आङ्शिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई […]

Mar 20, 2025 - 01:35
 0
हिमाली क्षेत्रमा हिमपात र पहाडी भागमा चट्याङसहित वर्षाको सम्भावना  
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) मुलुकका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भागमा भने आङ्शिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
मधेस प्रदेशमा मुख्यतया सफा रहने सम्भावना छ । बागमती प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने छ ।
गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आङ्शिक बदलीको सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आङ्शिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ भने पहाडी क्षेत्रमा आङ्शिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register