चीनले आफ्ना चार नागरिकलाई मृत्युदण्डको सजाय सुनाएपछि क्यानडाको प्रतिक्रिया : मानवीय मर्यादाको अपमान

काठमाडौं । चीनले लागुऔषधसम्बन्धी आरोपमा चार क्यानेडियन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । क्यानेडियन अधिकारीहरूले यो खबरको पुष्टि गरेको बीबीसीको समाचारमा उल्लेख छ । मृत्युदण्डको सजाय सुनाइएका सबैसँग दोहोरो नागरिकता रहेको बताइएको छ । उनीहरूका परिवारको अनुरोधमा आरोपीहरूको पहिचान गोप्य राखिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन् । विदेशमन्त्री मेलानीले यसलाई आधारभूत मानवीय मर्यादाको […]

Mar 20, 2025 - 06:00
 0
चीनले आफ्ना चार नागरिकलाई मृत्युदण्डको सजाय सुनाएपछि क्यानडाको प्रतिक्रिया : मानवीय मर्यादाको अपमान

काठमाडौं । चीनले लागुऔषधसम्बन्धी आरोपमा चार क्यानेडियन नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

क्यानेडियन अधिकारीहरूले यो खबरको पुष्टि गरेको बीबीसीको समाचारमा उल्लेख छ ।

मृत्युदण्डको सजाय सुनाइएका सबैसँग दोहोरो नागरिकता रहेको बताइएको छ । उनीहरूका परिवारको अनुरोधमा आरोपीहरूको पहिचान गोप्य राखिएको क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले बुधबार पत्रकारहरूलाई बताइन् ।

विदेशमन्त्री मेलानीले यसलाई आधारभूत मानवीय मर्यादाको अपमानको रुपमा निन्दा गरिन् ।

क्यानडास्थित चिनियाँ दूतावासका प्रवक्ताले क्यानेडियन नागरिकहरूले गरेका अपराधहरूको प्रमाण ‘ठोस र पर्याप्त’ रहेको दाबी गरेका छन् । उनले क्यानडालाई ‘गैरजिम्मेवार टिप्पणी गर्न बन्द गर्न’ आग्रहसमेत गरे ।

चिनियाँ दूतावासले बेइजिङले ‘सम्बन्धित क्यानेडियन नागरिकहरूको अधिकार र हितको पूर्ण ग्यारेन्टी’ गरेको पनि बताएको छ ।

साथै चिनियाँ प्रवक्ताले क्यानडा सरकारलाई ’चीनको न्यायिक सार्वभौमसत्ता’को सम्मान गर्न पनि आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register