सिटिजन लाइफले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत जेठ ३० गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो । काठमाडौं उपत्यका बाहिरका प्रदेश प्रमुख साथै शाखा […]

Jun 15, 2025 - 14:59
 0
सिटिजन लाइफले कर्मचारीलाई दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

गत जेठ ३० गते कम्पनीको प्रधान कार्यालय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समितिसहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

काठमाडौं उपत्यका बाहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरूले कार्यक्रममा अनलाइनमार्फत सहभागितामा जनाएका थिए ।

यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उप निर्देशक पदम प्रसाद सोडारीले प्रस्तुत गरेका थिए । साथै, कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत बिदुर बहादुर भुजेलले गरेका थिए ।

उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register