नेपाल सुपर लिग: हिजाजीको गोलसँगै धनगढी एफसीको विजयी सुरुआत

काठमाडौं । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा धनगढी  बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ । बुटवलको भने यो पहिलो हार हो […]

Apr 1, 2025 - 16:23
 0
नेपाल सुपर लिग: हिजाजीको गोलसँगै धनगढी एफसीको विजयी सुरुआत

काठमाडौं । अहमद हिजाजीको दुई गोलसँगै साविक विजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा धनगढी  बुटवल लुम्बिनी एफसीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै धनगढीले पहिलो खेलमै तीन अङ्क बटुलेको छ । बुटवलको भने यो पहिलो हार हो । बुटवलले यसअघि झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।

धनगढीको जितमा हिजालीबाहेक कृतिशरत्न छुन्जु र जर्जप्रिन्स कार्कीले समान एक÷एक गोल थपे । यता बुटवलका लागि केन्टा हाराले एक गोल फर्काए । खेलको छैटौँ मिनेटमै हिजाजीले धनगढीलाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा बुटवलका केन्टाले गोल गर्दै खेललाई एक÷एक गोलको बराबरीमा ल्याए ।

खेलको ७५औँ मिनेटमा धनगढीका मार्की प्लेयर कृतिशरत्नले अग्रता दोब्बर बनाए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा हिजाजीले अर्को गोल थपे । खेल सकिन केही समय बाँकी रहँदा धनगढीका जर्जप्रिन्सले अर्को गोल थप्दै ४–१ को फराकिलो जित पक्का गरे । बुधबार ललितपुर सिटी र पोखरा थन्डर्सबीच खेल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register