क्रिकेटर चहल र धनश्रीको सम्बन्धविच्छेद, ४.७५ करोडमा सम्झौता

काठमाडौं । भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको सम्बन्धविच्छेद भएको छ । बम्बई हाई कोर्टको आदेशमा फेमिली कोर्टले बिहीबार फैसला सुनाएको हो । फैसलाको समयमा युजवेन्द्र र धनश्री मुम्बईको फेमिली कोर्टमा उपस्थित थिए । युजवेन्द्रका वकिल नितिन गुप्ताले यसको पुष्टि गरेका छन् । बुधबार बम्बई उच्च अदालतले चहलको निवेदनमा मार्च २० मा […]

Mar 20, 2025 - 09:39
 0
क्रिकेटर चहल र धनश्रीको सम्बन्धविच्छेद, ४.७५ करोडमा सम्झौता

काठमाडौं । भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको सम्बन्धविच्छेद भएको छ ।

बम्बई हाई कोर्टको आदेशमा फेमिली कोर्टले बिहीबार फैसला सुनाएको हो ।

फैसलाको समयमा युजवेन्द्र र धनश्री मुम्बईको फेमिली कोर्टमा उपस्थित थिए । युजवेन्द्रका वकिल नितिन गुप्ताले यसको पुष्टि गरेका छन् ।

बुधबार बम्बई उच्च अदालतले चहलको निवेदनमा मार्च २० मा फैसला सुनाउन फेमिली कोर्टलाई आदेश दिएको थियो ।

न्यायाधीश माधव जमदारको एकल इजलासले चहलले आईपीएलमा भाग लिनुपर्ने भएकाले मार्च २१ देखि उपलब्ध नहुने भएकोले त्यसअघि फैसला सुनाउन आदेश दिएको थियो ।

बार एण्ड बेन्च वेबसाइटका अनुसार बम्बई उच्च अदालतले यस मुद्दामा ६ महिनाको कुलिङ अफ अवधि पनि माफ गरेको थियो । दुवै जना पछिल्लो साढे दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएका छन् । दुई जनाबीच ४.७५ करोड रुपैयाँमा सम्झौता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

युजवेन्द्र चहलले परिवार अदालतमा निवेदन दिएका थिए कि धनश्रीलाई आधा सम्झौता रकम दिनेछु । त्यसकारण उनको ६ महिनाको कुलिङ अफ अवधि माफ गरिनुपर्छ, जसलाई उच्च अदालतले स्वीकार गरेको छ ।

कुलिङ पिरियड भन्नाले सम्बन्ध विच्छेदको निवेदनपछि पति र पत्नीलाई ६ महिनाको लागि केही समय सँगै बस्न आदेश दिइन्छ । जुन दुवै पक्षलाई सम्बन्ध विच्छेदको बारेमा फेरि सोच्न समय दिइएको हो ।

धनश्री एक कोरियोग्राफर र एक उत्कृष्ट नर्तकी हुन् । उनी धेरै ग्ल्यामरस पनि छिन् । धनश्रीले प्रायः सामाजिक सञ्जालमा आफ्ना भिडिओ र तस्बिरहरू सेयर गर्छिन् । उनी टिभीको लोकप्रिय नृत्य कार्यक्रम झलक दिखला जामा पनि देखा परिसकेकी छिन् ।

धनश्रीले झलक दिखला जा-११ को एक एपिसोडमा युजवेन्द्र चहलसँगको आफ्नो प्रेमकथाको बारेमा खुलासा गरेकी थिइन् । उनले लकडाउनको समयमा कसरी चहलले नृत्य सिक्न उनलाई सम्पर्क गरेका थिए भनेर बताएकी थिइन् । यसपछि धनश्रीले उनलाई नृत्य सिकाउन राजी भइन् । पछि दुवै जना एकअर्काको प्रेममा परे ।

युजवेन्द्र र धनश्रीको विवाह २२ डिसेम्बर २०२० मा भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register