बार एसोसियसनको निर्वाचनमा मिश्रको करिब दोब्बर मतको अग्रता

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धन निकट उम्मेदवार विजयप्रसाद मिश्रले आफ्नो मतान्तर करिब दोब्बरले बढाएका छन् । अध्यक्षका उम्मेदवार मिश्रले १२ सय ९५ मत प्राप्त गर्दा प्रतिपक्षी गठबन्धनका रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् । मिश्र नेपाली काङ्ग्रेस र एमाले निकटका कानुन व्यवसायीका साझा उम्मेदवार हुन् भने श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा […]

Apr 8, 2025 - 11:58
 0
बार एसोसियसनको निर्वाचनमा मिश्रको करिब दोब्बर मतको अग्रता

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्ता गठबन्धन निकट उम्मेदवार विजयप्रसाद मिश्रले आफ्नो मतान्तर करिब दोब्बरले बढाएका छन् ।

अध्यक्षका उम्मेदवार मिश्रले १२ सय ९५ मत प्राप्त गर्दा प्रतिपक्षी गठबन्धनका रमनकुमार श्रेष्ठले ६८२ मत ल्याएका छन् । मिश्र नेपाली काङ्ग्रेस र एमाले निकटका कानुन व्यवसायीका साझा उम्मेदवार हुन् भने श्रेष्ठ नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा निकट कानुन व्यवसायीको साझा उम्मेदवार हुन् ।

पछिल्लो विवरण अनुसार  मिश्रले जनकपुरमा ९८, नवलपरासीमा २६, कपिलवस्तुमा ३१, रुपन्देहीमा ८४, पाल्पामा ४९ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार श्रेष्ठले जनकपुरमा ४०, नवलपरासीमा १३, बुटवलमा ३१, कपिलवस्तुमा ५, रुपन्देहीमा २४, पाल्पामा १३ मत पाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register