चार दिनदेखि सम्पर्कविहीन पुरुषको शव इनारमा फेला
जनकपुरधाम । धनुषामा चार दिनदेखि सम्पर्कविहीन भएका एक पुरुषको शव इनारमा फेला परेको छ । मिथिला नगरपालिका–८ गुम्बा टोल बस्ने जमान सिंह घिसिङको छोरा अन्दाजी ३३ वर्षीय नारायणको शव घर छेउकै इनारभित्र भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए । जमानका अनुसार छोरा नारायण चारदिनदेखि सम्पर्कविहीन थिए । उनको खोजी गरिरहेकै […]

जनकपुरधाम । धनुषामा चार दिनदेखि सम्पर्कविहीन भएका एक पुरुषको शव इनारमा फेला परेको छ ।
मिथिला नगरपालिका–८ गुम्बा टोल बस्ने जमान सिंह घिसिङको छोरा अन्दाजी ३३ वर्षीय नारायणको शव घर छेउकै इनारभित्र भेटिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले जानकारी दिए ।
जमानका अनुसार छोरा नारायण चारदिनदेखि सम्पर्कविहीन थिए । उनको खोजी गरिरहेकै अवस्थामा सोमबार इनारबाट दुर्गन्ध आएपछि इनारभित्र टर्च बालेर हेर्दा शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।
घटनाबारे सोमबार साँझ जानकारी प्राप्त भए पनि अध्यारोका कारण शव बाहिर निकाल्न सम्भव नभएपछि मङ्गलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको प्रहरी निरीक्षक यादवले बताए ।
शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पतालमा पठाएर अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
What's Your Reaction?






