ससुराली गएका युवक मृत भेटिए, श्रीमतीको संलग्नतामा हत्या भएको परिवारको आरोप

जनकपुरधाम । धनुषाका एक युवकको महोत्तरीमा हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशङ्कर महतोको हत्या भएको हो । उनको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो । शव शुक्रबार साँझ साढे ५ बजे फेला परे पनि उनको सनाखत […]

Mar 23, 2025 - 11:52
 0
ससुराली गएका युवक मृत भेटिए, श्रीमतीको संलग्नतामा हत्या भएको परिवारको आरोप

जनकपुरधाम । धनुषाका एक युवकको महोत्तरीमा हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीकाअनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशङ्कर महतोको हत्या भएको हो ।

उनको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको थियो । शव शुक्रबार साँझ साढे ५ बजे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो ।

महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको प्रारम्भिक अनुमानबाट देखिएपनि थप कुराहरु अनुसन्धानबाट खुल्ने बताए ।

उनको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगोले झाेसे जस्तो देखिएकाे डीएसपी जयसवारले बताए ।

शिवशङ्कर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका-५ पशुपतिनगर बन्द्रका लागि हिँडेका थिए ।

मृतकका भाइ राम महतोले भने, “दाजु घरबाट एउटा मोटरसाइकलमा भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म जानुभएकाे थियो ।महेन्द्रनगरबाट भाउजु सृजनाले माइतबाट दुईवटा मोटरसाइकल मगाएर एउटामा १० महिने छोरासहित भाउजु र सृजना अर्कोमा दाजु बसेर बस्नु भएको थियो ”

रामले दाजुहरू ससुराली पुगे भनेर साेचेकाेमा शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि त दाजुकाे हत्या भएकाे थाहा पाएकाे बताए ।

उनले भने, “शनिबार दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो । त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ ।”

उनी डेढ महिनाअघि मात्र भारतको मुम्बईबाट घर फर्किएका थिए ।

“दाजु भारतको मुम्बईमा होटल लाइनमा काम गर्थे, त्यहाँबाट आएको डेढ, दुई महिना पनि भएको छैन, गरिब परिवारका शिवशङ्करसँग मात्र ४/५ धुर मात्र घडेरी छ । श्रीमतीले जहिल्यै म यो घरमा बस्दिनँ, मलाई बाहिर राख् वा डेरामा राख् भन्थिन्,” राम भन्छन्, “यही निहुँमा पटक–पटक दुबैको झगडा भईरहन्थ्यो ।’

केही दिन अघि दाजुकाे ससुरालीमा विवाद भएर झगडा भएको भाइ रामले बताए । उनीमाथि ससुराली पक्षबाट कुटपिट नै भएकोले उनी ससुराली जान मान्दैन्थे । तर, श्रीमतीतर्फको नाना (हजुरबा) को मृत्यु भएको बहानामा सृजनाले शिवशङ्करलाई फकाएर जबरजस्ती ससुराली लगेकी थिइन् । उसको हत्याकाे पछाडी श्रीमती कै हात रहेकाे घरपक्षले आरोप लगाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता जैसवारले अहिलेसम्म आफूहरूसँग जाहेरी नआइपुगेको र जाहेरी परेपछि त्यसमा टेकेर अनुसन्धान गर्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register