बजेट निर्माणमा योजना आयोगको अधिकार कटौती गरिएको विषय सही होइनः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।  उनले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौती नगरिएको समेत स्पष्ट पारेका छन् । बजेट निर्माणको […]

Mar 23, 2025 - 11:40
 0
बजेट निर्माणमा योजना आयोगको अधिकार कटौती गरिएको विषय सही होइनः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । 

उनले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौती नगरिएको समेत स्पष्ट पारेका छन् ।

बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरेपनि सबै मन्त्रालयहरुका आआफ्नै परिभाषित जिम्मेवारी रहेको अर्थमन्त्री पौडेलको भनाई छ । उनले बजेटको सिलिङअनुसार कसरी बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धित मन्त्रालय आफैँले गृहकार्य गर्ने जिकिर गरेका छन् । 

बजेटलाई योजना आयोग, अर्थ मन्त्रालय र सम्बन्धित मन्त्रालयका बीचमा पारस्परिक समन्वयका अन्तिम रुप दिनेगरी विधेयक ल्याइएको अर्थमन्त्री पौडेलको दाबी छ । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालय आफ्ना सीमाभित्र रहेर काम गर्ने उनले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register