आफूलाई ‘अक्षम’ भनेका ज्ञानेन्द्रलाई ‘राजा बन्न लायक नभएको’ भन्दै राप्रपाको अध्यक्ष बन्न देउवाको सुझाव

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अक्षम घोषणा गरेर प्रधानमन्त्रीबाट बर्खास्त गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको’ टिप्पणी गर्दै बरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष बन्न सुझाव दिएका छन् । राजतन्त्र फर्काउने भन्दै राजावादी शक्तिहरू सडकमा आइरहेका बेला देउवाले आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन […]

Mar 23, 2025 - 12:46
 0
आफूलाई ‘अक्षम’ भनेका ज्ञानेन्द्रलाई ‘राजा बन्न लायक नभएको’ भन्दै राप्रपाको अध्यक्ष बन्न देउवाको सुझाव

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई अक्षम घोषणा गरेर प्रधानमन्त्रीबाट बर्खास्त गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको’ टिप्पणी गर्दै बरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष बन्न सुझाव दिएका छन् ।

राजतन्त्र फर्काउने भन्दै राजावादी शक्तिहरू सडकमा आइरहेका बेला देउवाले आइतबार पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबीसमेत गरे ।

‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति होइनन् । बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ । पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि,’ देउवाले भने, ‘त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन् । राप्रपाले पनि दुख पाउँछन् ।’

ज्ञानेन्द्रले २०६१ साल मा १९ गते शेरबहादुर देउवालाई अक्षम घोषणा गर्दै उनी नेतृत्वको मन्त्रिपरिषद् भंग गरेर शासन सत्ता हातमा लिएका थिए । ज्ञानेन्द्र आफैँले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री देउवालाई अक्षम भनेका ज्ञानेन्द्रले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए ।

त्यतिबेला देउवा नेतृत्वको सरकारमा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक), नेकपा (एमाले), राप्रपा र नेपाल सद्भावना पार्टी सहभागी थिए ।

ज्ञानेन्द्रले देउवा नेतृत्वक मन्त्रिपरिषद् भंग गर्दै मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रतामाथि बन्देज लगाएका थिए । साथै, मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार प्रसारण गर्नसमेत रोक लगाएका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register