संविधानको पक्षमा काङ्ग्रेस दृढताका साथ उभिने, तत्काल सडकमा नउत्रिने

काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय पार्टीले गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धता जाहेर गर्‍यो । संविधानमार्फत नै जनताका […]

Mar 23, 2025 - 13:22
 0
संविधानको पक्षमा काङ्ग्रेस दृढताका साथ उभिने, तत्काल सडकमा नउत्रिने

काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय पार्टीले गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धता जाहेर गर्‍यो । संविधानमार्फत नै जनताका आवश्यकता र समस्या र महत्वाकांक्षालाई सम्बोधन गर्न सकिने निर्णय गरेको छ,’ बैठकको निर्णयबारे प्रवक्ता महतले भने ।

काङ्ग्रेस तत्काल सडकमा नउत्रिने निर्णय बैठकले लिएको  महतले बताए । ‘संविधानको पक्षमा आम जनता उभिएकाले काङ्ग्रेसले शक्ति प्रदर्शनको आवश्यकता ठानेको छैन,’ उनले भने ।

गणतान्त्रिक मोर्चाको पक्षमा पनि काङ्ग्रेस नरहेको उनले बताएका छन् । बैठकले स्ववियु निर्वाचनमा नेविसंघबाट निर्वाचितहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेको उनले बताए ।

सरकारलाई संविधानको परिधिभित्रैबाट जनताका आवश्यकता सम्बोधन गर्ने दिशामा अग्रसर गराउने विषयमा बैठकले निर्णय गरेको उनले बताए । ‘जनताका आवश्यकतालाई सम्बोधन गर्न कुनै कसुर बाँकी नराख्ने ढंगबाट सरकार सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने ।

भ्रातृ संगठनको अधिवेशन चैत्रभित्रै सक्ने लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक यसै महिनाभित्र बस्ने उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register