कति समयसम्म मेकअप लगाउनु सुरक्षित ?

मेकअपले हाम्रो सुन्दरतालाई निखार्न महत्त्वपूर्ण भूमिका खेल्छ । त्यही कारणले गर्दा हामी दिनदिनै धेरै घण्टासम्म मेकअप लगाएर बस्छौँ । यसले हाम्रो छालालाई असुरक्षित बनाइरहको छ छैन ? आउनुहोस् यसबारे जानौँ : लामो समयसम्म मेकअप लगाएर राखेमा… मेकअप उत्पादनहरूमा विभिन्न किसिमका रसायन हुन्छन्, जसले हाम्रो छालाका पोर्सहरू बन्द गर्न सक्छन् र छालालाई सास लिनबाट रोक्न सक्छन् […]

Dec 20, 2024 - 00:26
 0
कति समयसम्म मेकअप लगाउनु सुरक्षित ?

मेकअपले हाम्रो सुन्दरतालाई निखार्न महत्त्वपूर्ण भूमिका खेल्छ । त्यही कारणले गर्दा हामी दिनदिनै धेरै घण्टासम्म मेकअप लगाएर बस्छौँ । यसले हाम्रो छालालाई असुरक्षित बनाइरहको छ छैन ? आउनुहोस् यसबारे जानौँ :

लामो समयसम्म मेकअप लगाएर राखेमा…

मेकअप उत्पादनहरूमा विभिन्न किसिमका रसायन हुन्छन्, जसले हाम्रो छालाका पोर्सहरू बन्द गर्न सक्छन् र छालालाई सास लिनबाट रोक्न सक्छन् । लामो समयसम्म मेकअप लगाएर राख्दा छालामा विभिन्न समस्या देखा पर्न सक्छन् । जस्तै डन्डिफोर, ब्ल्याकहेड्स , व्हाइटहेड्स, छालामा रुखोपना र समयभन्दा अघि बुढ्यौली आदि ।
कति समय मेकअप लगाएर राख्नु सुरक्षित हो ?

साधारणतया ८ देखि १२ घण्टासम्म मेकअप लगाएर राख्नु सुरक्षित मानिन्छ । योभन्दा लामो समयसम्म मेकअप लगाएर राख्दा छालालाई हानी पुग्न सक्छ ।

हटाउन के गर्ने?

मेकअप लामो समयसम्म टिक्ने बनाउन त्यसलाई पानी र पसिनाले सजिलै बगाउन नसक्ने गरी बनाइएको हुन्छ । जसका कारण केवल पानीले मात्रै धुँदा पूरै सफा हुँदैन र पोर्सहरूमा जम्मा हुन्छ । त्यसैले राम्ररी मेकअप हटाउनु आवश्यक हुन्छ ।

रिमुभरको प्रयोग

मेकअप हटाउन सधैँ मेकअप रिमुभरको प्रयोग गर्नुहोस् । यो तपाईंको छालाको प्रकारअनुसार हुनुपर्छ । भिजेका वाइप्स वा मेकअप वाइप्स होइन, बरु क्ल्निजिङको प्रयोग गर्नुहोस् ।

अनुहार धुने गर्नुहोस्

मेकअप रिमुभर प्रयोग गरेपछि अनुहार राम्ररी धुनुहोस् । अनुहार धुने फेसवास पनि तपाईंको छालाको प्रकारअनुसार हुनुपर्छ ।

मोइस्चराइजर अनिवार्य

मेकअप हटाएपछि छालालाई मोइस्चराइज गर्न नबिर्सनुहोस् ।

थप उपयोगी सुझाव
  • जतिसक्दो कम वा हल्का मेकअप प्रयोग गर्नुहोस् ।
  • छालाका पोर्सहरू बन्द नगर्ने मेकअप उत्पादन प्रयोग गर्नुहोस् ।
  • प्रशस्त मात्रामा पानी पिउनुहोस्ता, ताकि तपाईंको छाला हाइड्रेटेड रहोस् ।
  • स्वस्थ आहार लिनुहोस् । यसले तपाईंको छालालाई भित्रबाट स्वस्थ राख्नेछ ।
  • तनावले छालालाई नोक्सान पुर्‍याउन सक्छ, त्यसैले योग वा ध्यान गरेर तनाव कम गर्नुहोस् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register