टयाङ्करको ठक्करबाट दुईबालकको मृत्यु

नेपालगञ्ज। बाँकेको बेतहानीमा पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

Mar 23, 2025 - 13:24
 0
टयाङ्करको ठक्करबाट दुईबालकको मृत्यु

नेपालगञ्ज।

बाँकेको बेतहानीमा पानी टयाङ्करले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा आज भे १ ख ४१०७ नं को पानी टयाङ्करले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए ।

घटनापछि आक्रोशित भएका स्थानीयले टयाङ्करमा आगजनी गरेका छन् । आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ । अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए । 

घटनाको थप  विवरण आउन बाँकी छ।    

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register