गण्डकीमा ‘राइड सेयरिङ’ को विरोध, सार्वजनिक यातायात सञ्चालन ठप्प

काठमाडौं । गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायातका साधन ठप्प भएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने गरी ल्याएको नियमावली २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन गर्दै सवारी साधनहरू ग्यारेजमै थन्क्याएर सेवा ठम्प पारेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका संयोजक केदारप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेशभरि कुनै पनि सार्वजनिक सवारी साधन […]

May 30, 2025 - 04:32
 0
गण्डकीमा ‘राइड सेयरिङ’ को विरोध, सार्वजनिक यातायात सञ्चालन ठप्प

काठमाडौं । गण्डकी प्रदेशमा आजदेखि सार्वजनिक यातायातका साधन ठप्प भएका छन्। गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई मान्यता दिने गरी ल्याएको नियमावली २०८२ को विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले आन्दोलन गर्दै सवारी साधनहरू ग्यारेजमै थन्क्याएर सेवा ठम्प पारेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका संयोजक केदारप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेशभरि कुनै पनि सार्वजनिक सवारी साधन सञ्चालनमा छैनन्। साथै, जेठ १९ गतेदेखि देशभर सवारी सञ्चालन ठप्प पारिने र गण्डकी प्रदेशबाट बाहिरिने तथा भित्रिने कुनै पनि सार्वजनिक सवारीलाई रोक लगाइने उनले जानकारी दिए।

सार्वजनिक यातायात बचाउ संघर्ष समितिले तीन बुँदे माग राखेर आन्दोलन गरिरहेको छ। उनीहरूले सरकारले ल्याएको नियमावली पूर्ण रूपमा खारेज हुनुपर्ने, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग राखेका छन्।

गण्डकी प्रदेश सरकारले गत जेठ १ गते ‘राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली २०८२’ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register