आइपिएलमा हैदराबादको विजयी सुरुवात, राजस्थान ४४ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करणमा सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो। हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले ७० रन र सञ्जु सामसनले ६६ […]

Mar 23, 2025 - 14:46
 0
आइपिएलमा हैदराबादको विजयी सुरुवात, राजस्थान ४४ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं संस्करणमा सनराइजर्स हैदराबादले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो।

हैदराबादले दिएको २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २४२ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले ७० रन र सञ्जु सामसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।

यसअघि, राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनाएको थियो। हैदराबादका लागि इशान किशनले १०६ रनको शतकीय पारी खेले। ट्रभिस हेडले ६७ रनको योगदान दिए।

राजस्थानका लागि तुषार देशपाण्डेले ३ विकेट लिए। जारी आइपिएलमा यो दोस्रो खेल हो। पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register