सामान्य अङ्कले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १९ अङ्कले बढेर २६३० दशमलव ७१ को विन्दुमा पुगेको छ । बिहीबार ३१० कम्पनीका ६१ हजार ८३९ पटकको कारोबारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Dec 26, 2024 - 09:29
 0
सामान्य अङ्कले बढ्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १९ अङ्कले बढेर २६३० दशमलव ७१ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१० कम्पनीका ६१ हजार ८३९ पटकको कारोबारमा २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ रहेको छ ।

आज ७० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ४ वटा बढ्दा अन्य घटेका छन् । आज प्रभु बैङ्कमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register