बिर्तामोडको सैनिकमोडका होटलको अनुगमन : म्याद गुज्रेका खाद्य पदार्थ, दूषित भान्सा

बिर्तामोड, १० चैत । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरिएको छ । बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० [...] The post बिर्तामोडको सैनिकमोडका होटलको अनुगमन : म्याद गुज्रेका खाद्य पदार्थ, दूषित भान्सा appeared first on Jhapa Online.

Mar 23, 2025 - 15:08
 0
बिर्तामोडको सैनिकमोडका होटलको अनुगमन : म्याद गुज्रेका खाद्य पदार्थ, दूषित भान्सा

बिर्तामोड, १० चैत । झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरिएको छ ।

बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० वटा होटलमा अनुगमन गर्दा ९ वटामा नविकरण नभएको पाईएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न आग्रह गरीएको छ । बिर्तामोडका अन्य होटलहरुमा पनि चाँडै अनुगमन गर्ने उप प्रमुख संग्रौलाले बताउनु भयो । उहाँले आवश्यक मापदण्डको पालना र दर्ता नविकरण अनिबार्य गर्न सबैलाई आग्रह गर्नु भएको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ, लेवल नलगाइएका खाद्य उत्पादनसमेत फेला परेका छन् । सिटी होटल एण्ड गेस्ट हाउसमा भने किचन अत्यन्तै फोहोर पाईएको होटल व्यवसायी संघ अध्यक्ष ईन्दिरा श्रेष्ठले बताउनु भयो । होटललाई किचन तत्काल सुधार गर्न पत्र दिएको उहाँले जानकारी दिनुभएको छ ।

अनुगमनमा नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाअध्यक्ष मदन बुढाथोकी, होटल व्यवसायी संघ अध्यक्ष ईन्दिरा श्रेष्ठ, महासचिव शिव पौडेल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि हरि खतिवडा, खाद्य तथा गुण नियन्त्रण विभागका सुवास वस्ती, बिर्तामोड नगरपालिकाका राजश्व शाखा प्रमुख पदमराज घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य केदार खनाल लगायतको सहभागिता रहेको थियो ।

The post बिर्तामोडको सैनिकमोडका होटलको अनुगमन : म्याद गुज्रेका खाद्य पदार्थ, दूषित भान्सा appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register